निर्मल पुर्जाको अर्को कीर्तिमान

Posted on: 16 Apr, 2024

बैशाख ४, काठमाडौँ | कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् ।

नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।


१ वैशाख बिहान १२.१५ बजे उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन् ।

नयाँ कीर्तिमानपछि संक्षिप्त प्रतिक्रिया दिंदै पुर्जाले भने, ‘अब ८ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिंदै जान्छ ।’

 पुर्जाले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!