नेपालीलाई चिनियाँ भिसा निःशुल्क, सेवा शुल्क मात्र लाग्ने

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो । 

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।

दुताबासले भनेको छ- 'नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र  नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ) ।
 



यस बिषयमा तपाइको प्रतिक्रिया...!