सल्यान नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको पहाडमा पर्दछ।
जिल्लाको नामाकरण
यस जिल्लाको नाम कसरी सल्यान रहेको हो ठोस रूपले एकिन हुन सकिरहेको छैन। बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जॊडेको पाइन्छ। जसमध्ये तत्कालिन राजाले यहाँ राज्य गर्दा सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखेका र उसैको नामबाट सल्ले अपभ्रंश हुँदै गएको हो भन्ने प्रसँग प्रचलित रहेको छ। अर्को थरीहरू सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएको यसलाई सल्लाबाट सल्यान हुन गएको हो भन्ने पनि गर्दछन्।
जिल्लाको इतिहास
बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाई अत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे।मिल्टन भन्दछन् तापनि नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिमशाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणय सुत्रमा वाँधिदिए। छिल्ली बिजौरी देखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नाआउदै कुशविर्ता दिएबाट कॆ देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ। पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो।
फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो।
सल्यान जिल्लाका प्रर्यटकिय स्थलहरू
कुपिन्डे दह,खैराबागभगपति,छत्रेश्वरी,कालीका भगपति,मोखला शिव गुफा,कमला छी मन्दिर अादि |