दमनलाई ओलीको बधाई, मतदातालाई धन्यवाद

Posted on: 29 Apr, 2024

बैशाख १७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दमन भण्डारीलाई बधाई दिएका छन् । बझाङको नतिजा सार्वजनिक भएलगत्तै अध्यक्ष ओलीले प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई बधाई र मतदातालाई धन्यवाद दिएका हुन् । 

‘बझाङमा केहीबेर अघि प्रदेशसभा सदस्य चुनावको मतगणना सकिएको छ । हाम्रो पार्टीका उम्मेदवार दमन भण्डारी प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ । उहाँलाई बधाई । सम्पूर्ण मतदाताहरूलाई धन्यवाद’, अध्यक्ष ओलीले लेखेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!