दुर्गा प्रसाईंलाई दिन नहुने हतियारको इजाजत दिइएको छानबिन समितिको निष्कर्ष

Posted on: 29 Apr, 2024

वैशाख १७, काठमाडौँ । दुर्गा प्रसाईंले पाएको हतियार राख्ने इजाजतको छानबिन गर्न गठित समितिले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ । समितिले दिन नहुने हतियारको इजाजत प्रसाईंलाई दिइएको भन्दै संलग्न सरकारी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

प्रसाईंका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतले प्रसाईंसँग उक्त हतियारको इजाजतपत्र रहेको भन्दै पक्राउ परेकालाई छाडेको थियो ।

तर, दिनै नमिल्ने हतियारको इजाजत झापा जिल्ला प्रशासनले जारी गरेको पाइएपछि गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानूनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!