नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गर्यो

Posted on: 08 Dec, 2023

मङ्सिर २२, काठमाडौँ | नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो । 

पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । 

सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने निर्देशनालयले जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!