नेपाली सेनामा जागिर खुल्यो, २२९ सहायक सेनानीको आव्हान

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ । 

रिक्त २२९ अधिकृत पद  खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो । 

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो । 

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!