वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भारी संख्यामा दरखास्त खुलाएको छ ।

शुक्रबार बैंकले वरिष्ठ प्रबन्धक तह ९ औं देखि सहायक तह ४ औं सम्मका लागी कुल ४६५ पदका लागि आवेदन माग गरेको छ । बैंकले खुल्ला तथा समावेशी प्रतियोगिताका लागि अनलाईन दरखास्त आव्हान गरेको हो ।

आवेदन असार ३० गतेसम्मका लागि खुलाइएको छ भने दोब्बर दस्दुर तिरेर श्रावण ६ गतेसम्मका लागि खुल्ला रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!