माल्टा पठाईदिन्छु भन्दै १४ लाख ठग्ने पक्राउ

Posted on: 29 Feb, 2024

फागुन १७, काठमाडौं | वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना मेनपावर संचालक पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाथिभरा एचआर प्रा. लि. की संचालक ३४ वर्षीय गोमा गिरी क्षेत्री रहेको प्रहरीले जनाएको छ।

उनले राजकुमार थापालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने,त्यसका लागि १४ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै १४ लाख रुपैयाँ लिइ फरार भएपछि प्रहरीमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा  खोजतलासका क्रममागिरीलाई सुकेधाराबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरीले जानकारी दिए। उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!