समाज | कास्की - KSK


पोखरामा ढुङ्गा प्रहारबाट एक महिलाको मृत्यु

Posted on July 08, 2019 | views : 2136 | कास्की - KSK

असार २३, पोखरा । पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराउनुभएको छ ।  शवको परीक्षणपश्चात मृ

Read More

पोखराको विजयपुर खोलामा डाइभर्सन बाढीले बगाउँदा मालवाहक गाडी ठप्प

Posted on July 08, 2019 | views : 2108 | कास्की - KSK

असार २३, कास्की । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भा

Read More

पोखरामा बाँदर आतंक, शङ्ख फुके पनि जोगिएनन् मकै

Posted on July 07, 2019 | views : 1777 | कास्की - KSK

वासुदेव पौडेल | असार २२, पोखरा | सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइ

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18960 | कास्की - KSK

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

पोखराका पर्यटन व्यवसायी महिला चीनको विकास बुझेर फर्किए

Posted on July 03, 2019 | views : 1869 | कास्की - KSK

 असार १८, चिप्लेढुङ्गा । पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् ।  महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो । चीन भ्रमणको अनुभव आद

Read More

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

Posted on June 30, 2019 | views : 1812 | कास्की - KSK

असार १५, कास्की | कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी

Read More

पोखरा महानगरपालिकामा सहमतिपछि ताला खुला

Posted on June 28, 2019 | views : 1713 | कास्की - KSK

असार १३,  पोखरा । पोखरा महानगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले बिहीबारदेखि लगाएको ताला सहमति पछि खोलिएको छ । काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बजेट विनियोजनमा विभेद् गरिएको भन्दै ताला लगाइएकामा आज सहमतिपछि खोलिएको वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले जानकारी

Read More

पोखरा मणिपाल अस्पतालका डाक्टरको गाडीले ठक्कर दिँदा बालकको मृत्यु

Posted on June 22, 2019 | views : 1999 | कास्की - KSK

असार ७, कास्की | पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका  तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

Read More

भीरबाट खसेर मृत्यु

Posted on June 15, 2019 | views : 1957 | कास्की - KSK

जेठ ३२, कास्की | जङ्गलको बाटोमा हिँड्ने क्रममा अचानक भीरबाट खस्दा आज यहाँ एकको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिका–७ बिसौनीडाँडाको जङ्गलको भीरबाट खस्दा सोही स्थान बस्ने ५६ वर्षीय ऋषिराम सुवेदीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार बाटोबाट करीब ४०० मिटर तल खोल्स

Read More

पोखरा : तीन वडा जोड्ने सडक स्तरोन्नति गरिँदै

Posted on June 15, 2019 | views : 1753 | कास्की - KSK

 जेठ ३२, पोखरा । पोखरा महानगरपालिकाको तीन वडा जोड्ने फुलबारी, भलाम हुँदै बाटुलेचौरसम्मको  सडक स्तरोन्नति गर्न थालिएकोे छ । वडा नं ११ फूलबारीदेखि वडा नं २० को मुख्य केन्द्र भलाम र वडा नं १६ बाटुलेचौर जोड्ने कूल ११ मिलोमिटर सो बाटो प्रदेश सरकारबाट उपलब्ध रु चार करोड ४० लाखको लागतमा स्तर

Read More

अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला

Posted on June 14, 2019 | views : 2031 | कास्की - KSK

हरि बाँस्तोला जेठ ३१,पोखरा  |  २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूल

Read More

पोखरामा गाडीको ठक्करबाट स्कुटरचालकको मृत्यु

Posted on June 11, 2019 | views : 2199 | कास्की - KSK

 जेठ २८, पोखरा । गाडीको ठक्करबाट पोखरामा आज बिहान ११ः२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उहाँलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले

Read More

तालैतालको शहरमा साउनदेखि खुला चिडियाखाना

Posted on June 11, 2019 | views : 2080 | कास्की - KSK

वासुदेव पौडेल, जेठ २८, पोखरा । रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ

Read More

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

Posted on June 08, 2019 | views : 1666 | कास्की - KSK

जेठ २५ ,पोखरा |गण्डकी प्रदेशमा आज छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्की, मनाङ र स्याङ्जा जिल्लामा भएका घटनामा दुई महिलासहित तीनको मृत्यु भएको हो । पोखरा महानगरपालिका–११  फूलबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन

Read More

माछापुछ्रेद्धारा विपन्न परिवारको स्वास्थ्य बीमा

Posted on June 07, 2019 | views : 985 | कास्की - KSK

जेठ २४, कास्की (रासस) | जिल्लाको माछापुछ्रे गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो ।  आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही

Read More

सगरमाथाको उचाइ नाप्ने गौतम सम्मानित

Posted on June 05, 2019 | views : 1857 | कास्की - KSK

जेठ २२, काठमाडौँ | विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोलीका प्रमुख इञ्जिनीयर खिमलाल गौतमलाई सम्मान गरिएको छ । माछापुछ्रे गाउँपालिका–६ धितालका बासिन्दा गौतमलाई आज विश्व वातावरण दिवसका अवसरमा वडा कार्यालयले सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र उपाध्यक्ष कृष्ण दवाडीले दोसल्ला ओ

Read More

पोखराका दुई तालमा दुई शव फेला

Posted on June 05, 2019 | views : 1728 | कास्की - KSK

जेठ २२, कास्की | पोखरा–३१ स्थित बेगनास तालमा एक व्यक्ति मृत फेला परेका छन् । उनको नाम र ठेगाना खुल्न नसकेको गण्डकी प्रहरी प्रदेश कार्यालय, पोखराले जनाएको छ । यस्तै पोखरा–६ गौरीघाटस्थित रत्नमन्दिरको प्रवेशद्वार अगाडि फेवा तालमा सिन्धुपाल्चोकको बाँणे गाउँका २७ वर्षीय थविन्द्र कोइरालाको शव फेला परेको छ

Read More

पोखराको लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु

Posted on May 30, 2019 | views : 1802 | कास्की - KSK

 जेठ १६ पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु भएको छ । नेपाल भ्रमणका क्रममा बुधबार पोखरा आएका सिङ्गापुरका ६६ वर्षीय कोशचेङ टेकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लेकसाइडस्थित होटल ‘ह्वाइट पर्ल’मा बास बसेका टकलाई आज बिहान उनकी श्रीमती पिङ प

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17975 | कास्की - KSK

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

पोखरामा ढुङ्गा प्रहार बाट एक जनाको मृत्यु

Posted on May 29, 2019 | views : 1993 | कास्की - KSK

जेठ १५, पोखरा । कास्कीमा मङ्गलबार ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । माछापुच्छे« गाउँपालिका–७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विकको मृत्यु भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।  सोही ठाउँ बस्ने ६५ वर्षीय सन्ते विकले घरायसी झगडाको क्रममा टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको मृत्यु

Read More

पोखरा महानगरका गतिविधिमा काङ्ग्रेस वडाध्यक्षको असन्तुष्टि

Posted on May 28, 2019 | views : 1568 | कास्की - KSK

जेठ १४, पोखरा । पोखरा महानगरका गतिविधिमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षले असन्तुष्टि व्यक्त गरेका छन् । पोखरा महानगरपालिकामा जनप्रतिनिधि पदस्थापना भई काम गरेको दुई वर्ष कार्यकाल बितेको अवस्थामा वडा नं २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२  का नेपाली काङ्ग्रेसका नेता तथा सचेतक

Read More

विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी, पोखराका ३ स्थानमा संकास्पद वस्तु

Posted on May 27, 2019 | views : 2027 | कास्की - KSK

जेठ १३, सुर्खेत | नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।  गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप

Read More

पोखराको तीन ठाउँमा शङ्कास्पद वस्तु देखियो

Posted on May 27, 2019 | views : 1479 | कास्की - KSK

जेठ १३ पोखरा  । पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी

Read More

गण्डकी प्रदेश सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

Posted on May 23, 2019 | views : 4978 | कास्की - KSK

हरि बाँस्तोला | जेठ ९, कास्की | पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष सन् २०१९, छिमेकी पर्यटन वर्ष २०२२ र सङ्घी

Read More

पोखरामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

Posted on May 22, 2019 | views : 2132 | कास्की - KSK

 जेठ ८, पोखरा । मिनी ट्रक र मोटरसाइकल एकापसमा जुध्दा पोखरामा हिजो साँझ एक जनाको मृत्यु भएको छ । पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भए

Read More

दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

Posted on May 13, 2019 | views : 2403 | कास्की - KSK

वैशाख ३०, तनहुँ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पुर्याइने बताउनुभयो । प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली

Read More

फेवातालमा किन आयो डरलाग्दो छाल ? ४० भन्दा बढी डुंगा डुबे

Posted on May 12, 2019 | views : 1456 | कास्की - KSK

वैशाख २९, कास्की | आइतबार फेवातालमा समुद्री किनारमा झैँ डरलाग्दो छाल आएको छ । कास्की प्रहरीले दिएको जानकारीका अनुसार तालमा आएको छालले छेउछाउमा राखिएका डुङ्गाहरु समेत डुबेका थिए ।  ताल माथिबाट चलेको चर्को हावाहुरीले फेवातालमा डर लाग्दो छाल उत्पन्न भएको र उक्त छालको प्रभावले ताल किनारमा पार्किङ ग

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 16011 | कास्की - KSK

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More