कलेज होस्टलको पाँचौं तलाबाट हाम फाल्दा १९ वर्षिया करुणाको मृत्यु

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ | दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेज होस्टलको पाँचौं तलाबाट हाम फाल्दा १९ वर्षिया छात्रा करुणा अधिकारीको मृत्यु भएको छ । 

सोही कलेज होस्टलको पाँचौं तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । गम्भिर घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिइन् । उनी विदापछि पोखराबाट हिजो मात्रै कलेज फर्किएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले केही समय यता डिप्रेशनको औषधी लिइरहेको बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!