वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता

Posted on: 27 Apr, 2024

बैशाख १५, काठमाडौँ | नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो सफलता हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट लिएको हो।

दीपेन्द्र सिंह ऐरीको बलिङमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाजे २६ रन बनाएर रन आउट भएका हुन् । 

यस अघि पहिलो विकेटको रुपमा कमल कमल सिंह ऐरीको बलमा जोनसन चार्ल्स आउट भएको थियो |

वेस्ट इन्डिजले ५.२ ओभरमा ६२ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!