प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ आज शपथ ग्रहण गर्दै

Posted on: 08 May, 2024

बैशाख २६, काठमाडौँ | इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन् ।

गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत ल्याएर विजयी भएका थिए । उनका  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!