इरानी आक्रमणको प्रतिकार गर्ने इजरायली निर्णय: अमेरिकी साथ हुनुपर्ने माग

Posted on: 16 Apr, 2024

बैशाख ४, काठमाडौं । इरानले इजरायली भूमिमा पहिलो पटक गरेको आक्रमणको इजरायलले प्रतिकार गर्ने निर्णय गरेको छ ।

प्रस्ट र निर्णायक प्रतिकार गर्ने निर्णय भएको शनिवारको इरानी आक्रमणको प्रतिकार गर्ने निर्णय इजरायली क्याबिनेटले गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।


सोही निर्णयको समाचार बनाएका इजरायली मिडियाहरूले भने प्रतिकारमा इजरायले अमेरिकी साथ खोजको समाचार बनाएका छन् ।

इरानको सिरियाको दमास्कसमा भएको महावाणिज्य दूतावासमा गत अप्रिल १ मा इजरायलले हमला गरेको थियो । त्यसको प्रतिकारमा शनिवार इरानले पहिलो पटक इजरायलमा सयौँ ड्रोन तथा मिसाइल प्रहार गरेको थियो ।

इरानले आफ्नो मिसन पुरा भएको बताएको छ भने अमेरिकाले घटनालाई थप नबढाउन तथा इजरायली प्रतिकार भएमा अमेरिकी साथ नहुने बताएको छ ।

यसैबीचमा इजरायलले अमेरिकी साथ खोजेको समाचार इजरायली मिडियाहरूमा आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!