हङकङ सरकारले बढायो विदेशी घरेलु कामदारको पारिश्रमिक

Posted on: 29 Sep, 2023

एजेन्सी | हङकङ सरकारले विदेशी घरेलु सहयोगी (FDH) को न्यूनतम पारिश्रमिक (MAW) वृद्धि गरेको छ।

सरकारको शुक्रबारको घोषणा अनुसार यस्तो पारिश्रमिक ३ प्रतिशतले वृद्धि हुने भएको हो।


घोषणा अनुसार अब न्यूनतम मासिक पारिश्रमिक हङकङ डलर ४ हजार ७ सय ३० बाट बढेर ४ हजार ८ सय ७० पुग्नेछ। जुन साविकभन्दा १४० हङकङ डलर बढी हो।

यसका साथै रोजगारदाताहरूले आफ्ना घरेलु कामदारलाई निःशुल्क खाना पनि उपलब्ध गराउनुपर्नेछ। भलै, अधिकांश रोजगारदाताले अहिले पनि यो सेवा दिंदै आएका छन्।

यद्यपि, रोजगारदातालाई निःशुल्क खाना दिनुको सट्टा भत्ता दिने विकल्प पनि दिइएको छ।

यो भत्तामा पनि सरकारले वृद्धि गरेको छ। भत्तामा हङकङ डलर ४० बढाइएको हो। यसअघि प्रतिमहिना १ हजार एक सय ९६ डलर रहेको भत्ता बढाएर एक हजार दुई सय ३६ पुर्‍याइएको हो।

घोषणा गरिएको संशोधित दर हस्ताक्षरपछि लागू हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!