नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

Posted on: 02 May, 2024

बैसाख २०, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।


सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

नेपाली टीम

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, अविनाश बोहरा, प्रतिश जिसी ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!