आईपीएलमा दिल्ली कोलकातालेसँग पराजित

Posted on: 30 Apr, 2024

बैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ |

सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। कोलकाताका फिल साल्टले ६८ रन बनाए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । दिल्लीका कुलदिप यादवले सबैभन्दा धेरै ३५ रन बनाए । ९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अङ्क छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!