दक्षिण एसियाली कुराशमा नेपालले जित्यो २ स्वर्ण र ३ रजत

Posted on: 21 Apr, 2024

बैशाख ९, काठमाडौँ | दक्षिण एसियाली कुराशमा नेपाललाई २ स्वर्ण र ३ रजत पदक जितेको छ ।

भारतको केरेलामा बैशाख ७ देखि ८ गतेसम्म भएको प्रथम दक्षिण एसियाली कुराश प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ रजत पदक जितेको छ ।

नेपालका लागि योगेन्द्र बिष्टले ८१ केजी समुहमा र दिक्षा मगरले ४४ केजी समुहमा स्वर्ण पदक जितेका छन् । त्यसैगरी दिपिका अचाजुले ८७ केजी समुहमा, परि घर्ती क्षेत्रीले ६३ केजी समुहमा र अर्जुन क्षेत्रीले ६० केजी समुहमा रजत पदक जितेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!