जितका लागि साउदीअरबले नेपाललाई दियो ७४ रनको लक्ष्य

Posted on: 17 Apr, 2024

बैशाख ५, काठमाडौँ | ओमनमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन जोड्यो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


बलिङमा नेपालका करण केसी र अभिनास बोहराले दुईदुई, प्रतिश जिसी र ललित राजवंशीले एकएक विकेट लिए ।

वर्षाका कारण तोकिएको समयमा खेल हुन नसकेपछि ओभर छोट्याएर खेल खेलाइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!