दीपेन्द्रले लिए विकेट, नेपाललाई चौथो सफलता

Posted on: 21 Feb, 2024

फागुन ९, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा नेपालविरुद्ध १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले चौथो विकेट गुमाएको छ। ८६ रनको स्थितीमा नामिबियाले जान फ्रानलिङ्कलाई गुमाएको हो।

फ्रानलिङ्कलाई दीपेन्द्रसिंह ऐरीले एलबीडब्लु धरापमा पारे। नामिबियाले १७।३ ओभरमा ४ विकेट गुमाएर ८६ रन जोडेको छ। कप्तान जेर्हार्ड इरासमस ३७ रनमा खेल्दैछन्।

नेपालका कुशल मल्ल र रोहित पौडेलले पनि एक एक विकेट लिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!