पासपोर्टमा प्रक्रियागत गलत होला तर मैले दुरुपयोग गरेको छैन - रवि लामिछाने

Posted on: 05 Feb, 2023

माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले लिएको लिएको अमेरिकी पासपोर्ट बुझाउनुअघि नेपाली पासपोर्टको प्रयोग र दुरुपयोग नगरेको बताएका छन् । सरकारबाट मन्त्रीहरूलाई फिर्ता गराउँदै गराउने तर समर्थन कायम राख्नेबारे गरेको पत्रकार सम्मेलनमा लामिछानेले प्रक्रियागत रूपमा गलत भए पनि नेपाली पासपोर्टको दुरुपयोग नगरेको जिकिर गरे।

‘आमाको काखमा फर्किएको सन्तानले शर्तमा ध्यान दिनुनपर्ने भएर होला पासपोर्ट, प्यान तत्काल लिने क्रम शुरु गरे । मैले अमेरिकी पासपोर्ट बुझाउनुअघि सदुपयोग वा दुरुपयोग केही गरिनँ । म त यही देशमा पासपोर्ट बनाउँदै गर्छु भनेर लिएर प्रयोग गरिनँ’, लामिछानेले भनेका छन्, ‘केही चिजको प्रहार र हुन्छ । मैले कहाँ कसको के बिगारेँ ? प्रक्रियागत गलत होला ।'

भएका कानुनले नपुगे आफूलाई नयाँ कानुन बनाएर भए कारबाही गर्न उनले चेतावनी दिए। 'मलाई आपत्ति छैन । आम मान्छेको रूपमा मुद्दा लड्न सक्छु । पासपोर्टको प्रयोग र दुरुपयोग गरेको छैन ,’ उनले भने। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!