नुवाकोटका तीन युवाती २ सातादेखि बेपत्ता, यस्तो देखियो मोबाइल लोकेशन !

Posted on: 19 Sep, 2018

असोज ३, नुवाकोट | नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन्।

गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन्। 

काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उहाँको फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिने माया तामाङ जात्रामा गएपछि सम्पर्कमा नआएको शर्मिलाको बुबा सोम्बरबहादुर तामाङले बताए।

गाउँबाट बाहिर नजाने उनीहरु कहाँ गएका हुन् भन्ने केही जानकारी नआएकाले दलालले ललाइफकाइ भारततर्फ बेचबिखनमा लगेको हुनसक्ने भन्दै परिवारले दिएको सूचनाको आधारमा प्रहरीले सीमाक्षेत्रमा खोजी तीव्र बनाएको छ। 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरको अनुसार हराएकामध्ये दुईको मोबाइल ‘लोकेशन’ भारतीय सीमाक्षेत्रसम्म पुगेको देखिएकाले खोजीको लागि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!