जोखिममा रहेका बालबालिका लाई सहयोग र संरक्षण सम्बन्धि तालिम ।

Posted on: 29 Apr, 2017

खकेन्द्र केसी, अनलाइन तहल्का 

बैशाख १६ सल्यान 

जोखिममा रहेका बालबालिका लाई संरक्षण र सिफारिस संयन्त्र मार्फत सहयोग बिषयमा एक दिने तालिम आज खलंगामा सम्पन्न भएको छ । 

सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझेदारी र महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा सुरु भएको तालिमको सहजिकरण रामचन्द्र रेग्मी, गुमान सिंह नेपाली, विमला सुवेदी लगाएतले गरेका थिए । तालिममा जिल्ला स्थित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि र संचारकर्मिको उपस्थित रहेको छ । 

तालिममा उपस्थीत व्यक्त्तीहरुले बाल बिबाह न्युनीकरण, बलबालीकालाई गाँस, बास, कपास लगाएतका कुरामा विषेश ध्यान पुर्याउनु पर्ने सहभागिहरुले बताएका थिए । कुनैपनि बालबालीका कुनै समस्याले बन्चीत भएमा तत्काल संबन्धीत निकाएले त्यस्तो अबस्थामा उद्धार गर्नुपर्नेमा उनिहरुले जोड दिएका थिए । सल्यानको अबस्था हेर्दाखेरी बाल बिबाह धेरै बढेको र त्यसमा आफन्तको प्रमुख हात रहने भएकाले पनि तत्कालै बालबिवाह रोक्नुपर्नेमा सहभागिले बताएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!