'लोक तथा दोहोरी गीत प्रतिष्ठान'ले गर्यो बालचन्द्र बराललाई निलम्बन

Posted on: 30 May, 2024

जेठ १७, काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गायक बालचन्द्र बराललाई निलम्बन गरेको छ।

लोक संस्कृतिको मूल मर्म र भावना विपरीत कार्य गरेको भन्दै बिहीबार बसेको कार्यसमिति बैठकले बराललाई निलम्बन गरेको अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

‘उहाँको गायन प्रस्तुतिमा समाजमा अपाच्य हुने गतिविधि देखियो । दोहोरीलाई बंग्याएर र मूल संस्कृति नै बिगार्ने गरी उहाँ प्रस्तुत भएको देखियो,’ अध्यक्ष थापाले भनिन्, ‘यसबारे उहाँलाई स्पष्टीकरण सोधेका थियौं । बोलाउँदा पनि सम्पर्कमा आउनुभएन । स्पष्टीकरणको बेवास्ता गरेपछि यस्तो निर्णय गर्नुपरेको हो ।’


बरालसहितको टोलीले लाइभ दोहोरीका नाममा विगत लामो समयदेखी प्रतिष्ठानको गरिमामै आँच पुग्ने खालका छाडा शब्द प्रयोग गरी लोक तथा दाहोरी गितको मर्मविपरितका प्रस्तुती दिँदै आएको थियो।

उनको प्रस्तुतीलाई लिएर चौतर्फी आलोचना भएपछी प्रतिष्ठानले बराललाई यसअघी पनि सचेत गराएको थियो। तर पनि उनले अटेर गरी गित संगीतको मर्ममाथी प्रहार गर्न नछाडेपछी आज आकस्मिक बैठक बसी निलम्बन गरिएको प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक एवं लोक तथा दोहोरी गायक राजकुमार रायमाझीले जानकारी दिनुभयो।

रायमाझीका अनुसार बराललाई ६ महिनाका लागी निलम्बन गरिएको हो। यो अवधीमा बरालले प्रतिष्ठानसँग संबन्धित जिल्ला,प्रदेश, केन्द्रसहितका सम्पुर्ण राष्ट्रीय तथा अन्तराष्ट्रिय गतिविधीमा सहभागि हुन पाउने छैनन्।

साथै, प्रतिष्ठानले सोही क्रियाकलापमा संलग्न अन्य केही कलाकारहरु तथा लाइभ दोहोरी सञ्चालकहरुलाई पनि सचेत गराएको छ। उनिहरुले पनि प्रतिष्ठान र नेपाली लोक संस्कृतीको मर्मविपरितका गतिविधीमा निरन्तर लागिरहे बराललाई जस्तै आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!