सातदोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Posted on: 27 May, 2024

जेठ १४, काठमाडौँ । ललितपुरको सात दोबाटोमा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले ठक्कर दिँदा काभ्रे धुलिखेल बस्ने ४० वर्षकी अप्सरा दाहालको निधन भएको हो । 

ठक्करबाट घाइते भएकी उनको उपचारका लागि पाटन अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!