करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु

Posted on: 25 May, 2024

जेठ १२, दाङ | दाङमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवा बस्ने ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । 

घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!