दमकमा माओवादीले एक लाख बिरुवा रोप्ने

Posted on: 25 May, 2024

जेठ १२, दमक | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक क्षेत्रमा १ लाख लिची र कागतीको बिरुवा रोप्ने भएको छ ।

संगठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रले जानकारी दिए ।

केन्द्रका अनुसार भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो । जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको माओवादी केन्द्रले बताए ।

बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!