संसदीय समिति बनाउने बिषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने

Posted on: 16 May, 2024

जेठ ३, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ ।


कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको अडान राखेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्ष सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा तयार नदेखिएको बताए । कांग्रेस सचेतक सुशीला थिङका अनुसार अहिलेसम्म कुनै पनि सहमति भएको छैन। संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने पनि उनले बताइन् ।

यस अघि आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै अपराहन्न ४ बजेका लागि सारिएको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!