बैंकमा डयुटीमा रहेका गार्ड मृत फेला

Posted on: 09 May, 2024

बैशाख २७ , सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

सप्तकोशी-२ घर भई बैंकमा सुरक्षा गार्ड रहेका ५६ वर्षीय पर्शुराम फुयाँल मृत फेला परेका हुन्। उनी विगत ८ वर्षदेखि बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए।

जिल्ला प्रहरीका डीएसपी ढुण्डिराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!