३१८ जना यात्रु थिए धुवाँ देखिएको कतार एयरको जहाजमा, परीक्षणपछि उड्ने तयारीमा

Posted on: 06 May, 2024

बैशाख २४,  काठमाडौँ । आज बिहान ११:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको छ । 

चालकले केही खराबी नभएको भन्दै उडाउन खोजेपछि प्राविधिकले परीक्षणपछि मात्र उडाउन भनेका थिए । कतार उड्न लागेको जहाज पुसव्याक गर्दा पछाडि एक्कासी धुवाँ उठेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । जहाजमा ३१८ जना यात्रु थिए ।

झाका अनुसार पाइलटले जहाजमा केही समस्या नभएकाले उड्ने अनुमति मागेका थिए । तर, जहाजको प्राविधिक परीक्षण गरेरमात्रै उडाउनु भनेपछि प्राविधिक टोलीले जहाज चेक गर्दा केही समस्या नभएको र अहिले जहाजलाई उडाउने तयारी गरिएको छ । प्राविधिक टोलीले जहाजमा चार्जर र ब्ययाट्रीबाट धुवाँ आएको र अरु खराबी नभएको बताएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!