बैशाख १८, काठमाडौँ । कतारबाट गिरोहले पठाएको सुन अर्कैले लगेपछि भरियालाई बन्धक बनाएर फिरौती मागिएको छ । सप्तरीको राजविराजका सिकेन्द्र यादवलाई सिनामंगलमा बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अजिम अली र एमडी सहनी रहेका छन् ।
उनीहरुले यादवलाई सोमबार कतारबाट काठमाडौं ओर्लिएको केही समयमा आफ्नो कोठा पुर्याएर बन्धक बनाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार बन्धक बनाएर अली र सहनीले यादवको परिवारसँग ४ लाख ८० हजार रुपैयाँ फिरौती मागेका थिए ।
कतारबाट एक व्यक्तिले यादवलाई २४ ग्राम सुन बोकाएर काठमाडौंमा अलीलाई दिनु भनेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । तर, यादवले ल्याएको उक्त सुन अर्कै व्यक्तिले काठमाडौंमा बुझेको दाबी गरेका छन् ।
त्यसपछि अलीले यादवलाई सुन खोज्दै आफ्नो कोठा पुर्याएका थिए । उनीहरुले यादवलाई कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!