त्रिभुवन विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’, दुई घण्टा उडान प्रभावित

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।

 

विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त समयमा उडान र अवतरण बन्द गरिएको थियो । जसले जहाज उडान र अवतरणमा ‘डिले’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । क्यालिब्रेसन फ्लाइट गर्नुअघि नै ‘नोटिस’ जारी गरिएको थियो ।

विमानस्थलमा प्रयोग गरिएका उपकरण चेकजाँच गर्न क्यालिब्रेसन फ्लाइट गरिएको थियो । “विमानस्थलमा प्रयोग गरिएको उपकरणले काम गरेको छ/छैन भनेर चेकजाँच गर्नुपर्ने हुन्छ । त्यसैका लागि आज हामीले क्यालिब्रेसन फ्लाइट गरेका हौँ,” झाले भने, “यो नियममा नै हुन्छ, हामीले सोहीअनुसार गरेका हौँ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!