सरकारबाट बाहिरिन संसदीय दललाई नाउपाको निर्देशन

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।

आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी छन् ।

१४ गते पार्टी कार्यालय टीकापुरमा बसेको बैठक अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार अघि बढ्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!