असोज २०, दाङ | दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका-१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
हिजो बेलुकीदेखि आज बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा सुशील झुण्डीएको अवस्थामा र पवित्राको टाउकोमा चोट लागि बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले बताए ।
घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने देखिएको केसीले बताए ।
उक्त दम्पती करिब डेढ महिना अघि बेलुवाका धनबहादुर राम्जाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरू दुवैले मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरूको शव पोष्टमार्टमकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!