साउन ५, दाङ | रोल्पामा सुतेरहेको समयमा चट्याङ लागेर एक युवकको मृत्य भएको छ | त्यस्तै २ जना घाइते भएका छन् |
चट्याङ लागेर मृत्य हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ का दिलबहादुर घर्तीमगरको रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आफ्नो कान्छो भाइको घरमा सुतेरहेको समयमा चट्याङ लागेर दिलबहादुरको ज्यान गएको प्रहरीले बताए |
यस्तै सुनछहरी–२ मा चट्याङ लागेर एक वृद्ध महिला र एक बालक घाइते भएका प्रहरीले जनाएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!