फागुन १७, विराटनगर | प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू संसद् बैठकमा रोएकी छन् ।
नामाकरण गर्न बसेको प्रदेश सभाको बैठकमा उनी रोएकी हुन् । बहुपहिचानको पक्षमा खुलेकी लिम्बूले रोष्टमबाट रुँदै भनिन्, 'गोली खान सजिलो हुने तर पहिचान बिर्सिन नसकिने रहेछ।'
पहिचानलाई सती पठाएको समेत उनले बताइन् ।
'नेपालको सबैखाले आन्दोलन गरेको विदितै छ,' उनले भनिन्, 'सबै आन्दोलनको नेतृत्व आदिवासीले गरेका थिए तर उनीहरूलाई सती पठाइयो ।'
आँशु पुछ्दै लिम्बूले प्रदेश १ का जनताले दिएको मतको सदुपयोग नभएको समेत बताइन् ।
संघीयतालाई कमजोर बनाउन यथास्थितिवादी शक्ति लागेका पनि आरोप लगाइन्। सती गएर भए पनि आफूले भूगोललाई मान्नुपर्ने बाध्यता रहेको उनले बताइन्। उनी जनता समाजवादीकी एक्ली सांसद हुन्।
यस बिषयमा तपाइको प्रतिक्रिया...!