एमाले विरुद्ध कांग्रेसको अभिव्यक्ति आधारहीन, फिर्ता नलिए हामी प्रतिवादमा उत्रिन्छौँ: एमाले

Posted on: 27 May, 2024

जेठ १४, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए ।


उनले भने, ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ । यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ ।’

उनले कांग्रेसले एमालेका विरुद्ध गरेको अराजनीतिक आरोपको लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए ।

कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!