रास्वपाका मन्त्रीहरुद्वारा आफ्नो सम्पति सार्वजनिक गरिदिन मन्त्रीपरिषदको कार्यालयमा पत्राचार (पत्र सहित)

Posted on: 06 May, 2024

वैशाख २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन् । मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आ-आफ्नो सम्पति विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएपछि सार्वजनिक गर्नको लागि पत्राचार नै गरेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम-रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा-विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले छुट्टा-छुट्टै पत्र लेखि आ-आफ्नो सम्पत्ति विवरण सार्वभौम नेपाली नागरिक र आम संचारमाध्यमको जानकारीको लागि सार्वजनिक गरिदिन अनुरोध गरेका छन् । 

देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्वपूर्ण हुने र त्यसको लागि आफूहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएपछि जनता माझ आफ्नो सम्पति सार्वजनिक गर्नको लागि मन्त्रीहरुले पत्राचार गरेका हुन् ।

रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाएको पत्रहरु: 



यस बिषयमा तपाइको प्रतिक्रिया...!