वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

Posted on: 06 May, 2024

बैशाख २४, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री  दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन् ।

राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेको बताएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘माननीय कार्कीको बारेमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरू भ्रामक रहेकोले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। उनी कुनैपनि गुट वा दलसँग आवद्ध नरहेको र जसपा नेपाल संस्थापन पक्षमै यथावत रहेका छन् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!