इलाम -२ मा सुहाङले जितेपछि अध्यक्ष ओलीले दिए बधाई

Posted on: 30 Apr, 2024

बैशाख १८, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्यमा आफ्नो पार्टिबाट निर्वाचित भएका सुहाङ नेम्बाङलाई बधाई दिएका छन्। आफ्नो पार्टीलाई विजयी गराएकोमा ओलीले इलामेली जनतालाई धन्यवाद व्यक्त गरेका छन् ।

आफ्ना उमेद्वारलाई इलामका जनताले विश्वास गरेको भन्दै ओलीले धन्यवाद ज्ञापन गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै ओलीले फराकिलो मतान्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पनि  बधाई दिएका छन् ।

इलाम– २ मा नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!