आज हेटौंडा जाँदै प्रधानमन्त्री प्रचण्ड

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा जाँदैछन्। नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडा जान लागेका हुन्। 

आज र भोलि दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताए। उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतको उपस्थिति रहने उनले बताएका छन् ।  

निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजनामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, ७ प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकार, पर्यवेक्षक गरि १ हजार ६ सयको सहभागिता रहने महासंघका अध्यक्ष रवि सिंहले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!