राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

Posted on: 05 Jan, 2024

पुस २०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङ्देन बिहीबार राति मलेसिया प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी मलेसिया प्रस्थान गरेका हुन् । 

भ्रमणको क्रममा उनले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले  उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान रेका छन् । उनले मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली संघ संस्था, नेपाली राजदूतावास लगायत सरोकारवालाहरुसंग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने समेत कार्यक्रम रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!