पत्रपत्रिकाबाट |


रविलाई पुन: उपप्रधानसहित गृहमन्त्री बनाउन दाहालमाथि ओलीको दबाब

Posted on January 30, 2023 | views : 813 |

माघ १६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएपछि उनलाई गैरसांसदको रूपमा उ

Read More

इजरायलमा काम गर्ने केयरगिभरको छनोट प्रक्रिया पुनरावलोकन गरिने

Posted on January 30, 2023 | views : 775 |

माघ १६, काठमाडौँ | इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरावलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरावलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगा

Read More

सरकारको केन्द्रीय सर्भरमा विदेशी ह्याकरको निरन्तर अट्याक

Posted on January 29, 2023 | views : 498 |

माघ १५, काठमाडौं | नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक-पटक प्रयास

Read More

चितवन- २ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने

Posted on January 29, 2023 | views : 602 |

माघ १५, काठमाडौँ । प्रतिनिधिसभामा कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन गराउने प्रावधान रहेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । २०५० सालमा नेपाली नागरिकता ल

Read More

चितवन - २ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को ?

Posted on January 28, 2023 | views : 900 |

माघ १४, काठमाडौँ | सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ।  आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा

Read More

लामिछानेलाई ‘चोख्याउन’ यसरी भएको थियो राज्यशक्तिको दुरुपयोग

Posted on January 28, 2023 | views : 697 |

माघ १४, काठमाडौँ | कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ ? त्यो पासपोर्टले यात्रा गर्न मिल्छ ? अरूलाई मिल्दैन, रवि लामिछानेका हकमा भने राज्य मौन नै बसिदियो। त्यसैकारण लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ता गरे, चुनाव पनि जिते। त्यति मात्र होइन, उपप्रधान तथा गृहमन्त्री पनि

Read More

सरकारसहित १२ जनाविरुद्ध आचार्यकी श्रीमतीले दिइन् जाहेरी

Posted on January 27, 2023 | views : 535 |

माघ १३, काठमाडौँ | इलामको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्माहत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ। बिहीबार काठमाडौं प्रहरी परिसर, टेकु पु

Read More

पेट्रोलियम पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

Posted on January 27, 2023 | views : 562 |

माग १३, काठमाडौं | भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक क

Read More

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

Posted on January 26, 2023 | views : 564 |

माघ १२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन

Read More

रवि लामिछानेको ‘बचावट’ मा राज्य लड्न मिल्छ ?

Posted on January 26, 2023 | views : 540 |

माघ १२, काठमाडौँ | नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ प्रयोग गरेर ‘ठीक गरे’ भन्दै राज्य नै बहसमा उत्रिन बाध्य भएको छ।  राष्ट्रिय स्वतन्

Read More

संसद सचिवालयद्वारा एकीकृत समाजवादीका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार

Posted on January 25, 2023 | views : 691 |

माघ ११, काठमाडौं | सङ्घीय संसद् सचिवालयले  नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो । सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकी

Read More

समानुपातिक निर्वाचनमा एकीकृत समाजवादीको खर्च सबैभन्दा बढी, अन्य दलको कति ?

Posted on January 24, 2023 | views : 623 |

माघ १०, काठमाडौँ | प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३

Read More

नेपाल वायुसेवा निगमका पाँच क्याप्टेन एकै पटक परे निलम्बनमा

Posted on January 24, 2023 | views : 1315 |

माघ १०, काठमाडौँ | नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो | गत पुस ३० गते काठमाडौँ–हङकङ उडानमा रहेको निगमको जहाज हङकङ अन्तर्राष्ट्रिय

Read More

११ महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा सर्वोच्च

Posted on January 23, 2023 | views : 604 |

माघ ९, काठमाडौँ | सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफै अन्यायमा परेको देखिएको छ । ४ मङ्सि

Read More

गृहमन्त्रीको विज्ञप्ति सार्वजनिकपछि लामिछानमाथिको आलोचना चुलियो

Posted on January 22, 2023 | views : 603 |

माघ ८, काठमाडौँ | शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीले लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ ।  गृह मन्त्रालयले यस्तो व्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि गृहमन्त्रीकाे आलोचना झनै चुलि

Read More

मलेसियामा बन्धक बनाइएका थप १२ जना नेपाल फर्किए

Posted on January 20, 2023 | views : 646 |

माघ ६, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार  गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो । शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे,

Read More

सुनको मूल्य तोलाको २ लाख आसपास पुग्ने अनुमान!

Posted on January 20, 2023 | views : 912 |

माघ ६, काठमाडौँ | गत पुसको पहिलो साता सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरे। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ। नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।  सि

Read More

चिकित्सकले मृत घोषणा गरेको १८ दिने शिशु जिवितै...

Posted on January 18, 2023 | views : 850 |

माघ ४, काठमाडौँ | विराटनगरको कोशी अस्पतालमा उपचार गर्न ल्याएका बच्चालाई डाक्टरले मृत घोषणा गरेपछि विवाद भएको छ ।  अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. आकाश यादवले बिरामी भएर उपचार गर्न ल्याएका नवजात शिशुलाई मृत घोषणा गरिदिएपछि विवाद भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कोशी ल्याएक

Read More

के जहाज थोत्रा हुन्छन् ? विज्ञहरु भन्छन्- जहाज पुरानो हुँदैन, पाटपुर्जाको आयु सकिन्छ

Posted on January 16, 2023 | views : 710 |

माघ २, काठमाडौँ | आइतबार पोखराको सेती खोंचमा यती एयरलाइन्सको नाइनएन-एएनसी जहाज दुर्घटना भयो । यो दुर्घटनामा आन्तरिक उडानको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति पनि भयो । योसँगै नेपालमा थोत्रा जहाज चलाउन दिएर आम मानिसको जीवनसँग खेलवाड गरेको आरोपप्रत्यारोप फेरि चल्न थालेको छ । सडकदेखि संसदस

Read More

एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?

Posted on January 15, 2023 | views : 524 |

माघ १, काठमाडौँ | एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको

Read More

‘एमसीसीबाट १० हजारलाई रोजगारी’

Posted on January 12, 2023 | views : 760 |

पुस २८, काठमाडौँ | अमेरिकी राजदूत डिन थम्प्सनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको चरणमा रहेको र यसले नेपालको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताएका छन् । काठमाडौं उत्रिएको तीन महिनापछि कूटनीतिक मामिलाका पत्रकारसँग बुधबार कुराकानी गर्दै उनले नेपालीको जीवनस्तर उकास्नका लागि अमेरिकाल

Read More

ब्रेकअप हुने कुरा ३ महिनाअघि नै थाहा हुने, वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

Posted on January 09, 2023 | views : 585 |

पुस २५, काठमाडौं | सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई थाहै भएन । ब्रेकअपको कारण उनीहरु दुबैलाई पनि पत्तै भएन । लामो समयदेखि चलिरहेको गहिरो प्रेम सम्बन्धम

Read More

प्रदेशमा सभामुखमा पनि भागबन्डा र आलोपालो

Posted on January 09, 2023 | views : 467 |

पुस २५, काठमाडौं | सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ । प्रदेश १ मा माओवादी केन्द्रका सभामुख र एमालेका उपसभामुख हुनेछन् । बाग्मती प्रदेशमा राप्रपाले सभाम

Read More

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियो भने के हुन्छ ? नजर राष्ट्रपतिमा !

Posted on January 08, 2023 | views : 814 |

पुस २४, काठमाडौँ | नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । ८९ सांसदसहित संसद्मा प्रतिनिधित्व गरेको दल अहिले प्रमुख प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवासहितका केही नेताहरु भने नयाँ रणनीतिमा लागेका छन् त्यो हो वर्तमान सरकारलाई विश्वासको मत दिने, सके पुरानै गठब

Read More