अष्ट्रेलिया उडेका गायक नितेशजंग कुवँरको हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि...

Posted on: 13 Feb, 2024

फागुन १, काठमाडौँ | साङ्गीतिक टूरका लागि अष्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुवँरले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट हराएपछि नेपाल फर्कनुपरेको छ।

कुवँरले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफू अष्ट्रेलिया जाँन लागेको र  हङकङ एयरपोर्टको ट्रान्जिटमा पासपोर्ट हराएपछि नेपाल फर्कन लागेको बताएका छन्।


उनले भिडियोमा भनेका छन्,'हङकङ एयरपोर्टको ट्रान्जिटमा मैले पासपोर्ट हराए। तीन दिन यही एयरपोर्टमा बस्नुपर्ने हुन्छ। त्यसपछि म नेपाल फर्कन्छु। मैले पासपोर्ट हराएर गल्ती गरेको छु। नेपाल गएर नयाँ पासपोर्ट बनाएर आउँछु। आयोजक र शुभचिन्तकहरुसंग माफी माग्न चाहन्छु। अर्को कार्यक्रममा रमाइलो गरौला। यहाँ मलाई सबैले माया गरिरहनु भएको छ। म ठिक छु।'

साङ्गीतिक टूर ‘रिबर्थ’का लागि कुवँर आफ्नी आमा र गायिका समृद्धि राईसँग अस्ट्रेलियातर्फ उडेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!