वीरगन्जमा दुईवटा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

Posted on: 25 Apr, 2024

बैशाख १३,  वीरगन्ज | वीरगन्जमा बिहीबार बिहान तीव्र गतिमा रहेका दुईवटा मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका-२५ मौजे सिर्सियाका २५ वर्षीय अर्जुन पटेल रहेका छन्। 

वीरगन्ज महानगरपालिका-२५ मौजे सिर्सियामा बिहीबार बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल चालक पटेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पटेलको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए। उक्त दुर्घटनामा ना १८ प ९८१६ नम्बरको मोटरसाइकलका चालक मौजे सिर्सियाकै १५ वर्षीय कन्हैया चर्तुवेदी, २० वर्षीय आकाश पटेल र १५ वर्षीय सामा पटेल घाइते भएका छन्। 

घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!