अस्पतालमा भर्ना भइन् हास्य कलाकार भारती सिंह

Posted on: 03 May, 2024

बैशाख २१, काठमाडौँ । भारतीय चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् । पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाह दिएका थिए ।


तीन दिनदेखि सिंहको पेट दुखिरहेको थियो । तर उनले दुखाईलाई बेवास्ता गरिन् । दुखाई घट्नुको सट्टा झन झन बढेपछि उनलाई अस्पताल लगियो । परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी रहेको थाहा भयो । यसकै कारण पेट दुखिरहेको थियो । डाक्टरहरूले उनको शल्यक्रिया गरेका छन् । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ ।

अस्पतालबाट भारतीले आफ्नो ब्लगमा यसबारे जानकारी दिएकी थिइन् । ‘यस्तो भिडियो सेयर त गर्नुहुँदैन, तर गरिरहेकी छुँ । पेट दुख्न थालेपछि अस्पताल आएको थिएँ शल्यक्रिया गर्नुपर्याे । अहिले म एकदम ठिक छु र म  छोरा गोल्लालाई मिस गरिरहेको छुँ,’ भारतीले ब्लगमा भनेकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!