फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार

Posted on: 24 Apr, 2024

बैशाख १२, पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । 


अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना  फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । 

दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!