जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत भेटिइन्, सँगै गएका अमेरिकन युवक पक्राउ

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा जर्मन नागरिक २१ वर्षीया प्ला जोस् छिन्।

शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको हो। उनको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले भिरबाट निकालेको हो ।

उनी अमेरिकन केटा साथीसँग घुम्न गएको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका- १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर बेपत्ता भएकी थिइन्।


माछापुच्छ्रे घुमेर पोखरा फर्कने क्रममा उनी भीरबाट खसेको बयान उनका अमेरिकन केटा साथीले दिएका छन्। प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन।

शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए । जानकारीपछि सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो। 

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नम्ब २४ कालीका गण कास्कीबाट खोजतलासको लागि १५ जनाको विशेष  खोज तथा उद्दार टिम खटिएको थियो। 

आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । 

उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् । अमेरिकन नागरिकलाई प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!