काठमाडौं-१० मा गठबन्धन तोडेको माओवादीको घोषणा

Posted on: 11 Oct, 2022

असोज २५, काठमाडौँ | काठमाडौँ –१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ ।

सिट बाँडफाटका क्रममा काठमाडौँ  १० माओवादीको भागमा परेपनि गठबन्धनमा आवद्ध अन्य दलबाट पनि उम्मेदवारी परेपछि माओवादीले उक्त क्षेत्रमा गठबन्धन तोडेको हो ।


काठमाडौँ  १० मा माओवादी नेतृ अञ्जना विशंखे प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् । तर त्यहाँ नेपाली कांग्रेसका नेता राजन केसीले छुट्टै उम्मेदवारी दिएका छन् ।

त्यस्तै त्यहाँका दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये कांग्रेस र मओवादीले एक–एक वटा लिने गठबन्धनमा सहमति भएको थियो । तर प्रदेशसभामा पनि सत्ता गठबन्धनका एक भन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।

काठमाडौँ  १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रक दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौँ  १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!