२०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिन्छ : रक्षामन्त्री खड्का

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ  | उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले २०८३ सालभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाकको काम सकिने दाबी गरेका छन् । 

शुक्रबार राष्ट्रिय सभा बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले २०८३ साल चैत मसान्तभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम सकिने बताएका हुन् ।

‘भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वास्त पार्न चाहन्छु’ उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!